६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

समाचार

छात्राको शव फेला



पोखरा, १९ फागुन । पोखराको फेवाताल–६ मा आज बिहान पोखरा नर्सिङ क्याम्पसकी एक छात्राको शव भेटिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–२ को ढिकुरपोखरी बस्ने १९ वर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको अवस्थामा शव भेटिएको बैदाम कार्यालयका प्रमुख कोमल शाहले जानकारी गराउनुभएको छ ।

प्रकाशित : १९ फाल्गुन २०७५, आइतबार ००:००