२ जेष्ठ २०८१, बुधबार । May 16, 2024

समाचार

‘सरकारले जनतामा आशा जगाउन सकेन’



बनियानी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाउनुभएको छ । ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’का क्रममा आज झापाको विर्तामोडमा आयोजित सभामा अध्यक्ष थापाले भ्रष्टाचारले सुनकाण्ड, वाइडबडी काण्ड, एनसेलको करछली प्रकरणलगायतका घटनामा किन सरकारले कारवाही गर्दैन भनि प्रश्न गरे ।

कार्यक्रममा पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले हिन्दू राष्ट्र पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि पार्टीले अभियान शुरु गरिसकेको बताए ।

प्रकाशित : १७ फाल्गुन २०७५, शुक्रबार ००:००