४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

तस्बिर

मन्त्री अधिकारी सहितका शव बोकेको हेलिकप्टर काठमाडौंमा अवतरण



सुकेटार । नेपाली सेनाको हेलिकप्टर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत डाइनेष्टी एयरको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव बोकी काठमाडौँ आइपुगेको भरखर त्रिभुवान विमानस्थलमा अवतरण भएको छ । जानकारी अनुसार पोष्टमार्तमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने भनिएको छ ।

दुर्घटनास्थलबाट दुर्घटनामा परेका सातै जनाको शव बुधबार विहिबार बिहान सुकेटार विमानस्थलमा ल्याइएको हो । सोही शव बोकी आज अपराह्न १२ः१० बजे सो हेलिकप्टर काठमाडौँतर्फ उडेको हो । 

हेलिकोप्टर दुर्घटनामा निधन भएका संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा केन्द्रीय सदस्य रवीन्द्र अधिकारीसहित अन्य मृतकको शव श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ ।

नेकपा केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव बिष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा पोष्टमार्टम गरिसकेपछि श्रद्धाञ्जलीका लागि पार्थिव शरीर सैनिक मन्चमा राखिने सो विप्तिमा उल्लेख छ ।

 

श्रद्धाञ्जली अर्पण गर्न पुगेका रक्षा मन्त्री ईश्वर पोखर तथा संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्री लालबाबु पण्डित ।
श्रद्धाञ्जली अर्पण गर्न पुगेका गृहमन्त्री रामबहादुर थापा (बादल) ।

प्रकाशित : १६ फाल्गुन २०७५, बिहिबार ००:००