२४ बैशाख २०८१, सोमबार । May 7, 2024

मुख्य खबर

पर्यटनमन्त्री सवार हेलिकप्टर दुर्घटनाको आशङ्का



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको दारेढुङ्गामा दुर्घटना भएको आशङ्का गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार दारेढुङ्गामा दुर्घटना भएको आशङ्का गरिएको छ ।

सो हेलिकप्टर दुर्घटना भएको खबर पाएपछि काठमाडौँबाट सो एयरलायन्स कम्पनीको अर्को हेलिकोप्टर उद्धारका लागि प्रस्थान गरेको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मी घटनास्थलतर्फ गएका छन् । सम्पर्कविहीन सो हेलिकोप्टर दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

मन्त्री अधिकारी र चालकसहित छ जनाको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन भएको स्थलका लागि गएको थियो ।

प्रकाशित : १५ फाल्गुन २०७५, बुधबार ००:००