१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मुख्य खबर

यायोक्खा मकाउद्धारा कलाकार, पत्रकार र खेलाडी सम्मानित



काठमाण्डौ, १३ फागुन । किरात राई यायोक्खा मकाउ शाखाले आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । कला, समाजसेवा, पत्रकारिता र खेलकुद क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तिलाई प्रदान गरि सम्मान गरिएको हो ।
कार्यक्रममा सम्मानित हुनेहरुमा पत्रकारहरु दिपक राई (दिया मिडिया) देउराली चाम्लिङ राइर्, तिलक चाम्लिङ राई (सितिमी मासिक) छिला चाम्लिङ राई (इन्डिजिनियस टेलिभिजन) रिता राई (राराहाङ) इन्डिजिनियस टेलिभिजन र रेडियो कान्तिपुर खेलकुद क्षेत्रबाट महेन्द्र कुमार राई (डेपुटी डाइरेक्टर राष्ट्रिय खेलकुद) सन्तोष चाम्लिङ राई र नवीन राई साहित्यको क्षेत्रमा खुक्साङ खम्बू (किरात राई लेखक सङ्ग अध्यक्ष) प्रगती राई लेखिका विजय वलम्ताली, सङ्गीत कला तर्फबाट जितेन राई, भीषण मुकारुङ, शिव सङ्गम राई , राजुएन राई, निलम रोजु राई, मेनुका राई, मिना राई, महेन्द्र राई, निकेश राई, श्रेया राई, सुस्मिता राई, मणिकुमार राई, रश्मि राई, दिपा तामाङ, खुशी थामी अनि हास्यकलाकार उमेश राई ( फुलन्देको आमा) लाई कदर पत्र दिएको थियो ।


कार्यक्रममा सम्मानितको तर्फबाट प्रगती राई , दिपक चाम्लिङ राई, महेन्द्र कुमार राई , भवानी राई गुरुङ, जितेन राईले आफ्नो धारण राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि एवम किरात राई यायोक्खाका केन्द्रिय का.बा अध्यक्ष दिवस राइले सम्मानितहरुलाई बधाई तथा आयोजकलाई धन्यवाद ज्ञापन गरेका थिए र किरात राई यायोक्खा मकाउका अध्यक्ष भीमकुमार राइको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : १३ फाल्गुन २०७५, सोमबार ००:००