१० बैशाख २०८१, सोमबार । April 22, 2024

अर्थ

क्रिकेट रङ्गशालाका लागि ‘गो फण्ड मी’ मार्फत सहयोग गर्न सकिने



भरतपुरको चितवनमा बन्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि गो फन्ड मी मार्फत आर्थिक सहयोग गर्न मिल्ने भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल९धुर्मुस० ले एउटा भिडियो सन्देश सार्बजनिक गर्दै देश बिदेशबाट ‘गो फन्ड मी’ मार्फत सहयोग गर्न सकिने बताएका हुन् ।
केही महिनाअघि औपचारिक रुपमा निर्माण घोषणा गरिएको यो रंगशाला अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला नेपाली मौलिक शैलीमा निर्माण हुनेछ । रंगशाला निर्माणका लागि अहिले धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक संकलन गरिरहेको छ।
चितवनको भरतपुरमा निर्माण हुने यो रङ्गशालाको लागी फिल्डको काम सुरु भईसकेको छ । फाउण्डेशनले कर्मचारीहरुको आवास र संचालनका लागि चिवनको रामपुरमा शाखा कार्यालय समेत संचालन गरिसकेको छ ।
बहुउद्देश्यीय यो रंगशाला निर्माणका लागि ३ अर्ब लाग्ने अनुमान गरिएको छ । फाउण्डेशनका अनुसार रङ्गशालामा क्रिकेट मात्र नभई नेपालमा खेलिने महत्वपुर्ण खेलहरु समेत यसमा खेल्न सकिनेछ । यो परियोजना सिलान्यास गरिएको २ बर्षमा सम्पन्न गर्ने फाउण्डेशनको लक्ष्य छ ।

प्रकाशित : १० फाल्गुन २०७५, शुक्रबार ००:००