१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

गैसस नियन्त्रण हैन व्यवस्थापन गरौ : जिसस प्रमुख गेलाल



भक्तपुर । गैर सरकारी संस्थामाथि नियन्त्रण गर्ने उध्येश्यले सरकारले विधेयकको मसौदा बनाई रहेको अवस्थमा यस क्षेत्रका अभियान्ताहरु क्रियाशिल भैरहेकोबेला, गोगो फाउन्डेसनले आज भक्तपुरमा नागरीक संस्थाहरुको समस्या, सवाल चुनौति र कानुनी अवस्था विषयक नागरीक सम्वाद कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख भक्तपुरका प्रमुख नवराज गेलालले नियन्त्रण नभएर व्यवस्थापन गर्नु पर्नेमा जोड दिएका छन् ।

जिसस प्रमुख गेलालले नागरीक संस्थाहरु संविधानको मौलीक हक तथा राज्यको नियम कानुन अन्र्तगत स्थापना भएकाले राज्यले विभेद गर्न नहुने बताए । उनले भने संस्थाहरु लोकतन्त्रको मुटु हुन्, त्यसलाई अनावश्यक नियन्त्रण गर्यो भने राज्य फेल हुन सक्छ । त्यसैले गैर सरकारी संस्थाहरु व्यवस्थापन गरौ यसको लागि संस्थाहरु पनि पारदर्सि र जनताहरुप्रति उत्तरदायि हुन पर्छ । काही काही स्थानीय सरकार भनेर राज्यलाई चुनौति दिने, नियम कानुनलाई नमान्ने, संस्थामाथि अंकुस लगाउने परम्परा केही ठाउमा छ, यदि त्यस्ता ठाउमा नागरीक संस्थामाथि समस्या आयो भने हामीकहा आउनु होला हल हुन्छन् । अब बन्ने विधेयकमा जिससको भुमिका यस संर्दभमा बढाउनु पर्नेमा जोड दिए ।

त्यसै गरी उक्त कार्यक्रममा युवा परिषद्का प्रमुख नारायणकृष्ण श्रेष्ठले नेपालमा दश हजार भन्दा बढी संस्थाहरु युवा क्षेत्रमा क्रियाशिल हुन राम्रो भए पनि यसलाई सबै मिलेर देश विकासमा परिचालन गर्नु पर्ने बताए ।

युवा परिषद् संस्थाहरुसंग मिलेर युवाहरुको विकासकोलागि लाग्न सदैव तयार रहेकाले बताए । उक्त नागरीक सम्वाद कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष पुष्कर बुढाथोकी, गैसस महासंका अध्यक्ष सोम शर्मा वजगाई, नेपाल बारका देवेन्द्र श्रेष्ठले राज्यले संस्थाहरुलाई दर्ता गर्ने तर निकै झमेला गरेर समाजिक विकासको कामकोलागि बाधा उत्पन्न गरेको बताउदै, गलत गर्ने संस्थालाई नियमानुसार कार्यवाही गरीयोस तर सबै संस्था गलत छन् भन्ने भ्रम सबैलागेर चिर्न जरुरी भएको दाबी गर्नु भयो ।

सो कार्यक्रममा नागरीक संस्थाहरु सम्वन्धि कानुनी संरचनाको बारेमा गोगो फउन्डेसनका केदार खड्काले प्रस्तुति दिएका थिए । भक्तपुरमा रहेका विभिन्न नागरीक संस्थाहरु, पत्रकार लगायत सरोकावाला निकायहरुका ५१ जना सहभागि रहेको नागरीक सम्वाद कार्यक्रमको संचालन पोष्ट के.सीले गरेका थिए ।

प्रकाशित : ३ फाल्गुन २०७५, शुक्रबार ००:००