३ जेष्ठ २०८१, बिहिबार । May 17, 2024

पर्यटन

भूटानी महारानी लुम्बिनीमा



रुपन्देही, ११ माघ। भुटानकी महारानी अशी दोर्जी वाङ्मो वाङचुकले आज बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गर्नुभएको छ ।

राजकुमारी सोनाम डेचन, अवतारी लामासहित लुम्बिनी आइपुग्नुभएकी वाङचुकले लुम्बिनीको भ्रमण गर्नुभएको हो । महारानीलाई लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीले लुम्बिनीमा स्वागत गरेका थिए । महारानी वाङचुकले लुम्बिनीको मायादेवी मन्दिरमा पूजाअर्चना गर्नुभयो । लुम्बिनी भ्रमणपछि उहाँले सिद्धार्थ गौतमले २९ वर्ष बिताएको स्थल कपिलवस्तुको तिलौराकोटको भ्रमण गर्नुभएको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिनुभयो ।

महारानीलाई लुम्बिनीको पुरातात्विक महत्व र गुरुयोजनाबारे लुम्बिनी विकास कोषका पथप्रदर्शक दिलीप राईले जानकारी गराउनुभएको थियो । बिहीबार साँझ लुम्बिनी आइपुग्नुभएकी महारानी वाङचुक भोलि स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित : ११ माघ २०७५, शुक्रबार ००:००