२५ बैशाख २०८१, मंगलबार । May 8, 2024

ग्लोबल

मालीस्थित राष्ट्रसंघीय शिविरमा आक्रमण हुँदा आठ शान्ति सेनाको निधन



बामाको, माली, ६ माघ । बन्दूकधारी एक समूहले मालीस्थित संयुक्त राष्ट्रसंघको सैनिक शिविरमा आइतबार आक्रमण गर्दा कम्तिमा आठ जना शान्तिरक्षकले शाहादत प्राप्त गरेका मालीका लागि राष्ट्रसंघीय बहुआयामिक एकिकृत स्थायीत्व अभियानले जनाएको छ ।

“पछिल्लो तथ्याङ्क अनुसार आक्रमणबाट आठ जना शान्ति योद्धाको निधन भएको छ भने १९ जना घाइते भएका छन् ,” राष्ट्रसंघ शान्ति सेना स्रोतले जनाएको छ । उक्त घटनामा केही आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ ।

आइतबार विहानै भएको आक्रमण मालीको किडालबाट करिब २०० किलोमिटर उत्तरी क्षेत्रमा रहेको आगुलहोक शिविरमा भएको हो । सन् २०१२ मा मालीको पूर्वी क्षेत्रलाई इश्लामिक लडाकूले नियन्त्रणमा लिएपछि राष्ट्रसंघको पहलमा शान्ति स्थापनार्थ करिब १३ हजार अन्तर्राष्ट्रिय सेनालाई खटाइएको छ ।

प्रकाशित : ६ माघ २०७५, आइतबार ००:००