२८ बैशाख २०८१, शुक्रबार । May 10, 2024

मुख्य खबर

सिलिण्डर विस्फोटमा दम्पती घाइते



पर्सा, ३० पुस (रासस) : ग्याँस चुहिएर भएको सिलिन्डर विस्फोटमा परी आज वीरगन्जमा दुई जना गम्भिर घाइते भएका छन् ।

वीरगन्ज महानगरपालिका–११ श्रीपुरमा भएको दुर्घटनामा परि जगरनाथ महतो धानुक र उहाँकी श्रीमति सुनिता गम्भिर घाइते भएको प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिनुभयो । घाइते दुवै जनालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराएपनि स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि काठमाण्डौ लगिएको उहाँले जानकारी दिनुभयो । सो विस्फोटमा कोठामा रहेका समान समेत जलेर नष्ठ भएका छन् ।

प्रकाशित : ३० पुस २०७५, सोमबार ००:००