३० बैशाख २०८१, आइतबार । May 13, 2024

मुख्य खबर

आजको पत्रपत्रिकाबाट



काठमाण्डौं। पौष २७ ,कान्तिपुर दैनिकमा पोखराबाट श्रम स्वीकृतिदेखि वाइडबडी जहाज भ्रष्टाचारका दोषीलाई तत्काल कारबाही नगरिनेसम्म का समचार छापिएको छ । बलियो बहुमतसहित बनेको नेकपा नेतृत्वको सरकारलाई वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचार प्रकरणले ठूलो झट्का दिएको र संसद्को लेखा समितिले वहालवाला पर्यटनमन्त्रीसहितका अधिकारीहरुलाई कारबाही सिफारिस गरेपछि सरकारको चौतर्फी आलोचना भएको छ भने दोषीलाई उम्काउन खोजिएको आरोप पनि लगाइएको छ । त्यसलाई नै बल पुग्ने गरी सरकारले संसदीय समिति सर्वेसर्वा होइन भन्दै आफै आयोग गठन गर्‍यो । बिहीबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले झनै जहाज खरिदमा भएको अनियमतितामा मुछिएका कर्मचारी तथा मन्त्रीहरुलाई सरकारले तत्काल कारबाही नगर्ने सरकारको निर्णयवारे कान्तिपुर दैनिकले प्राथमिकताकासहित छापेको छ। त्यसैगरी गोरखापत्र दैनिकमा पृथ्वीनारायण राष्ट्रनिर्माण पुयाएको योगदानसब्बन्धी प्रधानमन्त्री केपी शर्मा ओली र अन्य प्रवुद्ध व्यक्तिहरुको दृष्टिकोण विषयलाई प्राथमिकतासाथ छापेको छ । त्यसैगरी नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने प्रावधानसहित सरकारले विज्ञापन नियमनसम्बन्धी विधेयक संसदमा पुयाएको समचार गोरखापत्रले प्राथमिकताका साथ छापेको छ । नयाँपत्रिका दैनिकले भने अवकाशप्राप्त ५२ प्रहरी अधिकृतको घरमा कार्यरत ८५ प्रहरी तानिए शीर्षकमा मुख्य समचार छापेको छ । र्
अवकाशप्राप्त उच्च प्रहरी अधिकारीको घरमा अवैध रूपमा कार्यरत एक सइ, १२ असइ, २० हवल्दार, ३२ जवान र २० जना कार्यालय सहयोगी सहित ८५ प्रहरी मुख्यालय फिर्ता गरिएको हो  । प्रहरी प्रधान कार्यालयले पाँच पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) सहित ५२ प्रहरीको घरबाट पिएसओका नाममा राखिएका सुरक्षाकर्मी फिर्ता गरेको हो । त्यस्तै चिसोले कठ्यांग्रिएर काठमाडौंमा दैनिक ६ को मृत्यु गरेको र मृत्यु हुनेमा धेरैजसो सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धा रहेको प्रहरी अनुसन्धानले जनाएको भनेर नयाँपत्रिकाले छापेको छ । नागरिक दैनिकले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायालयमा सुधार अपरिहार्य रहेको बताएको विषय,साझा पार्टीमा रहेको गुटगत समस्या र सुमार्गीको भ्रष्टाचार विषयलाई प्राथमिकतासहित छापेको छ । त्यसैगरी अन्नपूर्ण पोष्टले छाउपडीको छोइछिटो शीर्षकमा समचार प्राथमिकताका साथ छापेको छ भने विपक्षीलाई किन भेटेनन जापानी मन्त्रीले भन्ने शीर्षक पनि महत्वका साथ छापेको छ ।

प्रकाशित : २७ पुस २०७५, शुक्रबार ००:००