६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

मुख्य खबर

मगर समुदायले दुई दिन ‘माघे सकराती’ मनाउने



काठमाडौँ, २६ पुस । मगर समुदायको राष्ट्रिय सांस्कृतिक चाड ‘यस वर्ष मगर समुदायले दुई दिन मनाउने भएको छ ।

नेपाल मगर सङ्घले आज पत्रकार सम्मेलन गरी यही पुस ३० गते र आगामी माघ १ गते काठमाडौँको टुँडिखेलमा माघे सकराती मनाउने भएको हो ।
माघे सकराती मगर समुदायको नयाँ वर्षको शुरुआत पनि हो । ‘माघे सकराती राष्ट्रिय चाड मनाउँदै अघि बढौँ, मगरात परिचान र अधिकार प्राप्तिका लागि लडौँ’ भन्ने नारासहित सङ्घले चाड मनाउने सङ्घका अध्यक्ष नवीन रोका मगरले जानकारी दिनुभयो । पर्वका अवसरमा मगरको मौलिक सांस्कृतिक प्रदर्शनी तथा मौलिक मगर खाना तथा पोशाकको प्रदर्शनी गरिने बताइएको छ ।

प्रकाशित : २६ पुस २०७५, बिहिबार ००:००