१ जेष्ठ २०८१, मंगलबार । May 14, 2024

मुख्य खबर

पारिश्रमिकको रकम अपाङ्ग र असहायलाई



डोटी, २२ पुस ।बडीकेदार गाउँपालिका–५ लानाकेदारेश्वरका वडाध्यक्ष बुद्धिसागर बिनाडीले पारिश्रमिकको केही अंशबाट गाउँपालिका विभिन्न वडाका अपाङ्ग, असहाय, वृद्ध, दलितलाई आर्थिक सहयोग गर्नुभएको छ ।

उहाँले आफ्नो गाउँपालिकाका सबै वडामा रहेका असहायलाई रु दुई हजारका दरले आर्थिक सहयोग गर्नुभएको हो । उहाँले आफूले गरेको आर्थिक सहयोग धेरै ठूलो नभए पनि असहाय र विपन्नका लागि ठूलो भएको बताउनुभयो ।
त्यस्तै उहाँले आफ्नो वडाभित्र रहेका विद्यालयबाट छनोट गरी गरीब, जेहेन्दार, उत्कृष्ट अङ्क ल्याउने दश जना छात्राछात्र र गाउँपालिकाअन्तर्गत विभिन्न क्षेत्रमा कार्यरत उत्कृष्ट काम गर्ने केही कर्मचारीलाई पनि पुरस्कृत गर्ने योजना रहेको बताउनुभयो ।
तस्विर ः रासस

प्रकाशित : २२ पुस २०७५, आइतबार ००:००