१ जेष्ठ २०८१, मंगलबार । May 14, 2024

मुख्य खबर

आधा किताब पढेर परीक्षा



जुम्ला, २२ पुस । कर्णाली प्रदेशका हिमाली जिल्लामा विद्यार्थीले हरेक वर्ष आधा किताब पढेर परीक्षा दिनु परेको छ ।
विद्यालयमा विषयगत शिक्षिक नहुनु र भएका शिक्षक पनि नियमित विद्यालयमा उपस्थित नहुनु र विद्याललयमा आएको शिक्षकले नियमित नपढाउनाले आधा किताब पढेर परीक्षा दिनु परेको महादेव आधारभूत विद्यालयका कक्षा ७ मा अध्ययनरत छात्र शेरबहादुर रोकायाले बताए ।
“गणित, सामाजिक, नेपाली र कम्प्युटर जस्ता अनिवार्य विषयको पाठ्यक्रम वर्षभरि सम्पन्न हुन सकेनन्,” उनले भने “तर पनि विद्यार्थीलाई परीक्षा दिनुपर्ने बाध्यता नै भयो ।”

कम्प्युटर छैन

कम्प्युटर विषयलाई अनिवार्य बनाइएको र विद्यालयमा कम्प्युटर नै रहेका छैनन् । खाली सैद्धान्तिक रुपमा पढाएको र चित्र देखाएको भरमा परीक्षा लिनु परेको शिक्षक मदनप्रसाद उपाध्यायले बताए। उनले भने “कम्प्युटरको माउस, डेक्सस्टप र मोनिटर यो हो भनेर चित्रमा मात्र देखाइने गरिएको छ, विद्यालयमा कम्प्युटर नभएका कारण प्रयोगात्मक शिक्षा दिन सकिएको छैन ।”
चित्रमा देखेकै भरमा कम्प्युटर विषयको परीक्षा दिनु परेको विद्यार्थीको गुनासो छ । उक्त विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष कृष्णबहादुर रोकायाले कम्प्युटरको व्यवस्थापन नगर्दा समस्या भएको बताए ।

प्रकाशित : २२ पुस २०७५, आइतबार ००:००