१० बैशाख २०८१, सोमबार । April 22, 2024

समाचार

एक हजारलाई परिचयपत्र वितरण



म्याग्दीको मालिका गाउँपालिकाले सबै वडामा घुम्ती शिविर सञ्चालन गरेर एक हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई गाउँमै परिचयपत्र वितरण गरेको छ । सात वटा वडा रहेको मालिकाका सबै वडामा एक हप्तासम्म घुम्ती शिविर सञ्चालन गरेर एक हजार ७५ जना ज्येष्ठ नागरिकलाई वडा कार्यालयबाटै परिचयपत्र वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो ।

परिचयपत्रको आधारमा ६० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकले स्वास्थ्योपचार, यातायातलगायत सेवामा छुट सुविधा पाउने व्यवस्था छ । अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्र कार्यविधि बनाएर उपाध्यक्ष बिटालुको संयोजकत्वमा अपाङ्गता समन्वय समिति गठन गरिसकेको छ ।
–––

प्रकाशित : १९ पुस २०७५, बिहिबार ००:००