२४ बैशाख २०८१, सोमबार । May 6, 2024

मुख्य खबर

पाँचथरमा ११ दलका २५ उम्मेद्वार चुनावी मैदानमा



पाँचथर ।  आगामी मसिरमा १० हुने प्रतिनिधी सभा तथा प्रदेश सभाका लागि पाँचथरबाट ११ राजनितिक दलका २८५जना उम्मेद्वार चुनावी मैदानमा उत्रेका छन ।
प्रतिनिधी सभा निर्वाचनको मुख्य कार्यालय पाँचथरका मुख्य निर्वाचन अधिकृत मनोजकुमार केसीका अनुसार प्रतिनिधी सभाका लागि ९ र प्रदेश सभाका लागि १ मा ८ र २ मा ८ गरी २५ जना चुनावी मैदानमा उत्रेका छन । मुख्य निर्वाचन कार्यालय पाँचथरका अनुसार प्रतिनिधी सभाका लागि नेपाली काग्रेसबाट केन्द्रिय सदस्य भिष्मराज आङदेम्बे र प्रदेश सभाका लागि १ बाट सभापति नरेन्द्रकुमार केरुङ र २ बाट सुरेन्द्रकुमार दाहालले उम्मेद्वारी दिएका छन । यस्तै एमाले माओवादी गठबन्धनले प्रतिनिधी सभाका लागि एमाले उर्जा विभाग सचिव तथा पुर्व सांसद बसन्तकुमार नेम्बाङ र प्रदेश सभाका लागि १ बाट एमालेका निबर्तमान सांसद गणेशकुमार काम्बाङ, र २ बाट माओबादी केन्द्रका केन्द्रिय सदस्य इन्द्र आङबो (मौसम)ले उम्मेद्वारी दर्ता गराएका छन ।
यस्तै नयाँ शक्ति पाटी नेपालको प्रतिनिधी सभामा दिलबहादुर लावती र प्रदेश सभाको १ मा खगेन्द्र लोवा र २ मा नगेन्द्र प्रसाद नेम्बाङ, रहेका छन । यस्तै राष्ट्रिय जनमुक्ति पाटी नेपालले प्रतिनिधी सभामा भगिरथ चेम्जोङ र प्रदेश २ मा इच्छाबहादुर चेम्जोङले उम्मेद्वारी दिएका छन सो पार्टीले १ बाट भने उम्मेद्वारी दिएनन । यस्तै संघिय समाजवादी फोरमले प्रतिनिधी सभामा प्रेमराज लावती र प्रदेश १ मा बिर्खबहादुर वाइबा र २ मा एबिराज आङदेम्बेले उम्मेद्वारी दर्ता गराएका छन । यस्तै संघिय लोकतान्त्रिक राष्ट्रिय मच्चले प्रतिनिधी सभामा सागर केरुङ र प्रदेशका लागि १ मा हर्कजङ लिङदेन र २ मा दिपेन(लावाहाङ) चेम्जोङले उम्मेद्वारी दर्ता गराएका छन ।
यस्तै एकिकृत राप्रपा राष्ट्रबादी (लोहनी समुह) ले प्रतिनिधी सभाका लागि शान्तिमाया लिम्बु शिगु र प्रदेश १ मा नेत्रप्रसाद पोखरेले उम्मेद्वारी दिएका छन यस्तै मंगोल नेशनल अग्रनाइजेशन पार्टीले प्रतिनिधी सभाका लागि टोमराज थाम्सुहाङ र प्रदेश १ मा किरण थाम्सुहाङ, र २ मा रामकुमार तुम्रोकले उम्मेद्वारी दर्ता गराएका छन । यसै गरी नेकपा मालेले प्रतिनिधी सभामा पोलिटब्यूरो सदस्य दीनानाथ घिमिरे प्रदेश सभामा १ बाट मालेका प्रियप्रकाश रिमालले उम्मेदवारी दिएका छन । यस्तै प्रदेश सभा २ मा जन समाज बादीपाटीका भिमबहादुर तामाङले उम्मेद्वारी दिएका छन ।
प्रतिनिधी सभाका लागि उम्मेदवारी दिएका देश भक्त जन गणतान्त्रिक मोर्चा (माओवादी बैद्य घटक) नेपालका उमेश तिम्सिना राष्ट्रिय प्रजातन्त्र पाटी (प्रजातान्त्रिक)का प्रतिनिधी सभाका उम्मेरदवार राजकुमार जोशी, प्रदेश सभा १ का कृष्णबहादुर योङहाङ र २ मा सगुन सुन्दर लावतीले नाम फिर्ता लिएको मुख्य निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।

 

प्रकाशित : ८ कार्तिक २०७४, बुधबार ००:००