२४ बैशाख २०८१, सोमबार । May 6, 2024

ग्लोबल

भारतमा आगलागी हुँदा आठ कामदार बेहोस



नयाँ दिल्ली, भारत, २० असोज (रासस÷सिन्ह्वा) ः उत्तर भारतको एक अगरवत्ती कारखानामा शुक्रबार आगलागी हुँदा कारखानामा काम गर्ने आठ कामदार वेहोस भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको भारतीय प्रहरीले जनाएको छ ।

भारतीय शहर चण्डीगढमा रहेको उक्त कारखानामा १० जना कामदारले काम गरिरहेका वेला एक्कासी आगलागी भएको थियो । आगलागीपछि अगरबत्तीबाट निस्केको धुँवाका कारण श्वासप्रश्वासमा समस्या भई उनीहरू बेहोस भएका थिए ।
तर एक प्रत्यक्षदर्शीले आगलागीका कारण कैयौँ मानिस बेहोस भएका बताए ।
घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ । घटनापछि तुरुन्तै वारुणयन्त्र पुगेकोले मानवीय क्षति नभएको तर आठ जना गम्भीर रुपमा विरामी भएका थिए ।
आगलागीको कारण थाहा भइनसकेको तर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २० आश्विन २०७४, शुक्रबार ००:००