२५ बैशाख २०८१, मंगलबार । May 7, 2024

मुख्य खबर

बाढीपीडितको घाउमा मलाम लगाउँदै तरुण दल



अर्घाखाँची, २२ भदौ । पूर्वी तराईमा बाढीले जनजीवन प्रभावित पारेसँगै नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राहत वितरण गर्न थालेको छ ।

पीडितलाई राहत उपलब्ध गराउन जितजङ्ग बस्नेतको अध्यक्षतामा नेपाल तरुण दलले ‘एक तरुण एक राहत अभियान’ मार्फत संकलित राहत पूर्वी तराईको बाढीपीडित जिल्लामा उपलब्ध गराउन थालिएको उक्त दलका नेता कपिल पोख्रेलले बताउनुभयो ।

उक्त दलको केन्द्रीय कार्य समितिले महोत्तरी जिल्लाको बाढीपहिरो पीडितका लागि नगद रु दुई लाख जिल्ला कार्यसमितिलाई हस्तान्तरण गरेको छ ।

धनुषा जिल्लाको बाढीपहिरो पीडितका लागि नगद रु एक लाख, ब्ल्याङ्केट २७५ थान, पाल एक थान, त्रिपाल ३५ वटा, ड्राई फुड १५ बाक्स, चामल १९ बोरा र औषधि तरुण दलको धनुषा जिल्ला कार्यसमिति लाई हस्तान्तरण गरिएको छ ।

यसैगरी सर्लाही जिल्लाको बाढीपहिरो पीडितका लागि नगद रु एक लाख तरुण दल जिल्ला कार्यसमिति सर्लाहीलाई हस्तान्तरण गरिएको छ ।

अध्यक्ष जितजङ्ग बस्नेतसहितको टोलीले प्रदेश नं २ को बाढी प्रभावित सम्पूर्ण जिल्लामा राहत वितरण गर्ने कसैलाई पनि नछुटाउने र पीडित सबैले राहत पाउने प्रतिबद्धता गर्नुभएको बताइएको छ ।

प्रकाशित : २२ भाद्र २०७४, बिहिबार ००:००