७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

रेडक्रसलाई एम्बुलेन्स प्रदान



कञ्चनपुर, २० भदौ । नेपाल रेडक्रस सोसाइटी, कञ्चनपुर शाखालाई पूर्व मन्त्री एवं व्यवस्थापिका–संसद्का सांसद रमेश लेखकले एम्बुलेन्स प्रदान गर्नुभएको छ ।

निर्वाचन क्षेत्र विकास कोषको रु १० लाखमा खरिद गरिएको एम्बुलेन्स रेडक्रसलाई प्रदान गरिएको हो ।

रेडक्रसको स्थापना दिवसका अवसरमा सोमबार पूर्व मन्त्री लेखकले एम्बुलेन्स प्रदान गर्नाका साथै उद्घाटन गर्नुभएको हो ।

एम्बुलेन्सको उद्घाटन गर्दै उहाँले रेडक्रसलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । सबैले परोपकारी सङ्घसंस्थालाई सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रकाशित : २० भाद्र २०७४, मंगलबार ००:००