१२ बैशाख २०८१, बुधबार । April 25, 2024

Breaking

अमरपुर वृहत पम्पिङ्ग खानेपानी आयोजनाको संरचनामा क्षति



पाँचथर । निर्माणाधिन अमरपुर वृहत पम्पिङ्ग खानेपानी आयोजनामा बाढीले क्षति पुर्याएको छ । बिहिबार राती तमोर नदीमा आएको बाढीले हिलिहाङ गाउँपालिका २, पिनासीघाट नजिक धनमानेमा निर्माणाधिन इन्टेक र सम्पवेलमा क्षति पुराउनका साथै निर्माण सामाग्री बगाएको हो ।

निरन्तर बर्षाका कारण तमोर नदीमा आएको भीषण बाढीका कारण आयोजनाको इन्टेक, सम्पवेल र ग्याबिन वाल धस्त भएको निर्माण कम्पनी सिएबी जिआरडी जेभीका प्रबन्ध निर्देशक देबेन्द्र चौलागाईले बताए । उनका अनुसार मेसिन उपकरण, ज्यावेल, ग्याबिन जाली, फलामको रड, एसडिपी पाईप, जेनेरेटर, पम्पसेटहरु, जिआई पाईप लगायत सामग्री बाढीले बगाएको छ ।
यो आर्थिक बर्षको माघमा सम्पन्न गर्ने लक्ष्य राखिएको निर्माणाधिन आयोजनाको मुख्य संरचनामा बाढीले क्षति पुरयाएपछि आयोजना समयमै सम्पन्न हुनेमा संसय थपिएको छ ।

 

तमोर नदीको पानी अमरपुरडाँडामा तानेर खानेपानी समस्याग्रस्त क्षेत्र हिलिहाङ गाउँपालिकाको १, २, ३ र ४ वडाका १५ सय घरधुरीमा पानी वितरण गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाको ७० प्रतिशत काम समपन्न भइसकेको थियो । २०८० माघ ५ गते निर्माण सम्पन्न गर्ने गरि ०७८ असार २२ गते ठेक्का सम्झौता भएको थियो । यस आयोजनाको कुल लागत १५ करोड ५१ लाख ५८ हजाजर ५ सय ४ रहेको छ ।
संघीय खानेपानी डिभिजन इलाम, उपभोक्त समितिको पदाधिकारी, उपभोक्ता र स्थानीय जनप्रतिनिधिले शुक्रबार बाढीले क्षति पुर्याएको आयोजना स्थलगत अनुगमन गरेको छ ।

आयोजना भन्दा माथी हाइड्रो पावरले बनाएको बाँध फुटेर आएको बाढीले बढी क्षति भएको खानेपानी डिभिजन इलामका सामाजिक परिचालक पुन्य सेडाईले बताए । उनले भने निर्माणाधिन संरचनामा बढी पसेको छ । के कति क्षति भएको भन्ने चाहि हाम्रो उच्चस्तरीय प्राविधिक टोलेले जाँच गरेपछि मात्र यकिन हुन्छ ।

बाढीले काबेली हाइड्रो पावरको सामान बगाउनुका साथै पाँचथर र ताप्लेजुङको विभिन्न ठाउँमा ठूलो क्षति पुर्रएको विवरणहरु आइरहेको छ । मौसम विभागले पूर्वमा मौसम प्रणाली सक्रिय रहेकाले बर्षा भइरहेको उल्लेख गरेको छ ।

 

प्रकाशित : २ असार २०८०, शनिबार ००:००