९ बैशाख २०८१, आइतबार । April 21, 2024

मुख्य खबर

प्रदर्शनी केन्द्रमा डोम बन्ने



पोखरा, १९ भदौ । पोखरा–लेखनाथ महानगरपालिका–९ स्थित प्रदर्शनी केन्द्रमा डोम बनाइने भएको छ ।

पोखरा उद्योग वाणिज्य संघले रु एक करोड ५० लाख लागतमा सो डोम निर्माण गर्न लागेको हो । योसँगै प्रदर्शनी केन्द्रमा डोमको संख्या दुई पुग्नेछ ।

विभिन्न संघसंस्थाले प्रदर्शनी केन्द्रमा मेला, महोत्सव गर्नेक्रम बढ्दै गएको र वर्षायाममा पनि जस्तासुकै कार्यक्रम डोमभित्र कक्ष राखेर व्यापार गर्न सहज होस् भनेर थप अर्को डोम बनाउन लागिएको संघका अध्यक्ष विश्वशंकर पालिखेले बताउनुभयो ।

उहाँका अनुसार संघले वर्षेनी पोखरा औद्योगिक व्यापार मेला गर्दै आएको र मेलाबाट वचत भएको रकम खर्चेर प्रदर्शनी केन्द्रलाई सुविधासम्पन्न बनाउन निर्माण कार्य गर्दै आएको छ । गत वर्ष मेलाबाट वचत भएको रु ३२ लाख पनि डोम निर्माणमा खर्च गरिने बताइएको छ ।

पोखरा उपत्यका नगरसमितिको स्वामित्वमा तथा पोखरा–लेखनाथ महानगरपालिका र संघको व्यवस्थापनमा झण्डै ३५ रोपनी क्षेत्रफलको प्रदर्शनी केन्द्रमा वर्षैभरि विविध कार्यक्रम हुँदै आउने गरेका छन् ।

डोम निर्माणका लागि संघका उपमहासचिव अर्जुन पोखरेलको संयोजकत्वमा १४ सदस्यीय एक उपसमिति पनि गठन गरिएको छ ।

प्रकाशित : १९ भाद्र २०७४, सोमबार ००:००