३० बैशाख २०८१, आइतबार । May 13, 2024

मुख्य खबर

जुम्ली भाषा लेखनमा वर्णविन्याससम्बन्धी कार्यशाला गोष्ठी



जुम्ला, १९ भदौ । जुम्ली भाषा लेखनमा वर्णविन्याससम्बन्धी तीनदिने कार्यशाला गोष्ठी आइतबारदेखि जिल्लामा शुरु भएको छ ।

वर्णविन्याससम्बन्धी कर्णालीको यो पहिलो कार्यशाला गोष्ठी हो । यहाँको मौलिक भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा सहयोग पु¥याउन कार्यशाला गोष्ठी गरिएको हो । आयातित भाषाका कारण ‘खस’ भाषा संकटमा पर्दै गएको र कर्णाली तथा खस भाषाको उद्गमस्थल जुम्लाको कथ्य भाषालाई लेख्यमा उतार्न सकियोस् भन्ने हेतुले गोष्ठी गरिएको मातृभाषा केन्द्र नेपालका निर्देशक एसबी लिम्बूले बताउनुभयो ।

“कर्णालीको कथ्य भाषा धेरै विकास भएको छ तर यसलाई लेख्यमा विकास गर्न यहाँका नागरिकले अपनत्व लिनुपर्दछ”– निर्देशक लिम्बूले भन्नुभयो ।
शील इन्टरनेशनल संस्थाका भाषा विकास विज्ञ डा नेत्रमणि राईले सरल भाषा निर्माणका लागि सिक्न, लेख्न र बुझ्न सजिलो होस् भनेर कथ्य भाषालाई लेख्यमा लैजान कर्णालीका भाषा संरक्षक तथा विज्ञसँग प्रस्ताव गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “भाषामा अप्ठ्यारो हुनु हुँदैन र यसको गाँठो फुकाउनेतिर हामी लाग्नुपर्दछ ।”

शील इन्टरनेशनलका भाषा सफ्टवेयर विज्ञ दिवाकारमान श्रेष्ठले अक्षरको हलन्त कसरी काट्ने र भाषालाई सरलरुपमा कसरी लेख्ने भन्ने कुरा राख्दै अहिलेदेखि नै आफ्नो भाषाका रुपमा विकास गर्न सुझाउनुभयो ।
कार्यक्रममा खस भाषासम्बन्धी यहाँका जानकारले कर्णाली क्षेत्रमा बोलिने ठेट भाषाको अस्थित्वलाई बचाउनुपर्नेमा जोड दिएका थिए । भाषा बचाउन जुम्लामा खसिया आखर शब्दकोष निर्माण भइरहेको उनीहरुको भनाइ थियो । कार्यक्रममा जुम्ली भाषाको मर्मलाई बुझेर यसको प्राण कसरी बचाउने र अस्तित्व संरक्षण गर्न के गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको थियो ।

प्रकाशित : १९ भाद्र २०७४, सोमबार ००:००