१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

मिक्स्चर व्यवसायी संघको अध्यक्षमा शाही



काठमाडौँ, १८ भदौ । उपत्यका मिक्स्चर व्यवसायी संघको तेस्रो साधारणसभाबाट हिक्मतबहादुर शाहीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

संघको यहाँ आज सम्पन्न साधारणसभाले सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको हो । उक्त कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष गोपीकृष्ण पाठक, उपाध्यक्षमा रविलाल आचार्य, सचिवमा श्याम आचार्य, कोषाध्यक्षमा उदयशंकर रौनियार हुनुहुन्छ ।

प्रत्यक्ष रोजगारीमा २० हजार घर निर्माण तथा ढलानको काम गर्ने व्यवसायीको हकहित तथा पेशागत सुरक्षाका लागि विसं २०६८ मा सो संघ स्थापना भएको हो ।

संघका नवनिर्वाचित अध्यक्ष शाहीले भूकम्पपछिको पुनःनिर्माण वा घर निर्माणको काममा मिक्स्चर व्यवासयीको योगदान महत्वपूर्ण रहेको र आगामी दिनमा अझ पेशाप्रति इमान्दर भएर काम गर्ने बताउनुभयो ।

प्रकाशित : १८ भाद्र २०७४, आइतबार ००:००