२४ बैशाख २०८१, सोमबार । May 6, 2024

ग्लोबल

विमल गुरुङले भने पनि आन्दोलन नरोकिनेः सर्वसाधारण

विनयलाई गोर्खाल्याण्डमा बस्न दिनुहुँदैनः सामाजिक संजाल प्रयोग कर्ता




झापा । भारतको पश्चिमबंगाल राज्यमा गोर्खाल्याण्डको माग गरेर ७० दिन देखि निरन्तर भएको आन्दोलन स्थगन गर्ने बक्तब्य दिएको बारे गोर्खा जनमुक्ति मोर्चा (गोजमो) का अध्यक्ष विमल गुरुङले खण्डन गरेका छन् ।
गोजमोका सह–सचिव विनय तामाङले आन्दोलन १२ दिन सम्म स्थगन गरेर अर्को आन्दोलन तय गर्ने बक्तब्य दिएका थिए । गोर्खाल्याण्ड आन्दोलनको माग बारे पश्चिम बंगालका मुख्य मंत्री ममता बनर्जी संग वार्त गरेपछि तामाङले आन्दोलन स्थगन गर्ने भनेका थिए । यसको लगत्तै गोजमोका अध्यक्ष गुरुङले विनय तामाङले दिएको बक्तब्या ब्याक्तिगत भएको बताएका छन् । गुरुङले आन्दोलन अझ शसक्त बनाएर लैजाने बताएका छन् । एउटा भिडियो रेकर्ड मार्फत प्रतिकृया सार्वजानिक गर्दै भनेका छन् , हामी आधा पेट खाएर गोर्खाल्याण्डकोलागि लडिरहेका छौं विनय तामाङ आनन्दले बसेका छन् ।
विनयलाई गोर्खाल्याण्डमा बस्न दिनुहुँदैनः सामाजिक संजाल प्रयोग कर्ता
गोजमोका सहसचिव विनय तामाङले आन्दोलन स्थगन गर्ने भनेको भोलिपल्ट विहिवार विहानै देखि पश्चिम वंगालको उत्तरी क्षेत्र अझ आन्दोलित भएको छ । स्वातः स्फुर्त ढंगले सुरु भएको आन्दोलनमा विनय तामाङको विरुद्धमा नारावाजी हुनुका साथै गोर्खाल्याण्डको माग गरेका छन् । आन्दोलन दार्जेलिङ र तराई डुवर्स क्षेत्रमा केन्द्रीत भएको छ । आन्दोलनमा सहभागिहरुको आवाज छ, गोर्खाल्याण्ड नभए सम्म अरुत के विमल गुरुङले आन्दोलन स्थगन गर भन्दा समेत नरोकिने भारतबाट प्रकासित खबर म्यागेजिनले जनाएको छ । दिल्लीमा आन्दोलनको नेतृत्व गरिरहेकी बन्दना राईले सामाजिक सञ्जाल मार्फत भिडियो बक्तब्य दिदै भनेकी छिन् । पश्मि बंगालकी मुख्यमंत्री ममता वनर्जीले गोर्खाल्याण्ड राज्य गठन आफुबाट सम्भव नहुने भनेर भनिसकेपछि उ संग वार्ता वस्नु गलत थियो । राईले केन्द्र सरकारले गोर्खाल्याण्ड गठनका लागि अध्यायन गरिरहेको छ भन्दै केन्द्रलाई पश्चिम बंगाल सरकारले विथोल्न खोजेको पनि आरोप लगाईन् । उनले भनेकी छिन तपाईंहरु गोर्खाल्याण्डमा आन्दोलन नछाड्नुस् , हामी लिल्ली बाट आन्दोलनलाई साथ दिईरहन्छौं । केही सामाजिक संजाल प्रयोग कर्ताले भनेका छन् विनय तामाङलाई गोर्खाल्याण्डमा वस्न दिनु हुँदैन ।

फोटो: खबर म्यागेजिन बाट

प्रकाशित : १६ भाद्र २०७४, शुक्रबार ००:००