२५ बैशाख २०८१, मंगलबार । May 7, 2024

मुख्य खबर

भारतबाट दुर्लभ एकसिंगे गैँडाको उद्धार



रत्ननगर (चितवन), १५ भदौ । चितवन राष्ट्रिय निकुञ्जबाट बाढीले बगाएर भारत पु¥याएको एउटा दुर्लभ एकसिंगे गैँडालाई आज उद्धार गरिएको छ ।

दुई दिनको अथक प्रयासपछि आज दिउँसो एउटा वयस्क पोथी गैँडालाई उद्धार गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो उद्धार गरिएको गैँडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छाडिने छ ।

नेपाल–भारत सीमा क्षेत्रको दक्षिणपूर्व करिब १६ किलोमिटर टाढा भेडियारी भन्ने स्थानबाट गैँडाको उद्धार गरिएको हो । भारतमा गैँडा रहेको सूचना पाएपछि निकुञ्जको प्राविधिकसहितको टोली यही भदौ १३ गते उद्धारका लागि दोस्रोपटक भारत गएको थियो ।

यसअघि पनि निकुञ्जले भारतबाट पाँच र नेपाल–भारत सीमा क्षेत्रबाट एउटा गरी छ वटा गैँडाको उद्धार गरिसकेको छ । यससँगै बाढीबाट बगाएका सात गैँडाको उद्धार भएको चितवन निकुञ्जले जनाएको छ ।

छ वटा उद्धार गरी फर्किएको टोली पुनः गैँडा रहेको थाहा पाएपछि उद्धारका लागि भदौ १३ गते पुनः भारत गएको थियो । अझै एउटा गैँडा रहेकाले प्राविधिकसहितको टोली गैँडाको खोजीमा भारत मै रहेको जनाइएको छ ।

प्रकाशित : १५ भाद्र २०७४, बिहिबार ००:००