१२ बैशाख २०८१, बुधबार । April 25, 2024

मुख्य खबर

प्रदेश र केन्द्रको निर्वाचनसम्बन्धी मुद्दामा भदौ १९ गते निर्णय



काठमाडौँ, १५ भदौ । प्रदेश र केन्द्रको निर्वाचन आगामी माघ ७ भित्र आवश्यक कानून बनाई तोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ सकिएपछि यही भदौ १७ गते निर्णय सुनाउने तय भएको छ ।

न्यायाधीश दीपकराज जोशी र हरिकृष्ण कार्कीको संयुक्त इजलासले आज पक्ष र विपक्षबाट बहस सकिएपछि सो मितिमा निर्णय सुुनाउने आदेश दिएको हो । संविधानमा व्यवस्था गरिएअनुसार प्रदेश र केन्द्रको निर्वाचनसम्बन्धी कानून बनाई मिति तोक्न काम गर्दै वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली तथा अधिवक्ता विमल ज्ञवाली, लीलाधर उपाध्याय र शशीकुमार कार्कीले गत असोजमा निवेदन दायर गर्नुभएको थियो ।

निवेदनमा निर्वाचन गर्नुभन्दा १२० दिन पहिला निर्वाचनसम्बन्धी कानून बनाउन समेत माग गरिएकामा सरकारले प्रदेश र केन्द्रको निर्वाचनसम्बन्धी कानून नै नबनाई निर्वाचनको मिति घोषणा गरेको छ । यसअघि अदालतले दुवै तहको निर्वाचनका लागि कार्ययोजना ल्याउन सरकार र निर्वाचन आयोगका नाममा आदेश जारी गरेको थियो ।

सो निवेदनमाथि बहस गर्दै वरिष्ठ अधिवक्ता डा ज्ञवाली, ज्ञवाली, उपाध्याय र कार्कीले दुई तहको निर्वाचन कि एकै पटक हुनुपर्ने कि केन्द्र र प्रदेशको छुट्टाछुटै निर्वाचन गर्नुपर्ने तर्क प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित : १५ भाद्र २०७४, बिहिबार ००:००