८ बैशाख २०८१, शनिबार । April 21, 2024

मुख्य खबर

मधेशलाई सहयोग अभियान



भक्तपुर, १५ भदौ । मधेशका बाढीपीडितलाई पहाडको सहयोग भन्दै सूर्यविनायक नगरपालिकाका एक वडा कार्यालयले अभियान नै सञ्चालन गरेर राहत रकम संकलन गरेको छ ।

सूर्यविनायक नगरपालिका – ९ कार्यालय र स्थानीय बासिन्दाको सहयोगमा संकलित रकम आज नगरपालिकाका नगरप्रमुख वासुदेव थापालाई हस्तान्तरण गरिएको छ । वडाध्यक्ष उपेन्द्र केसीले नगरप्रमुख थापालाई वडावासीबाट संकलित रु एक लाख ५०५ हस्तान्तरण गर्दै संकलित रकम नगरपालिकामार्फत सरकारको राहत कोषमा जम्मा गरिने जानकारी दिनुभयो । नगरप्रमुख थापाले मधेशका बाढीपीडितका लागि रकम संकलन गर्न अन्य वडामा पनि शुरु भएको बताउनुभयो ।

यता पतञ्जलि योग समिति भक्तपुरले तराईका बाढी प्रभावितका लागि रु दुई लाख १५ हजार राहत रकम संकलन गरी केन्द्रीय योग समितिलाई हस्तान्तरण गरेको छ ।

प्रकाशित : १५ भाद्र २०७४, बिहिबार ००:००