२९ बैशाख २०८१, शनिबार । May 11, 2024

मुख्य खबर

निजामती ऐनपछि कर्मचारी समायोजन अघि बढ्ने



नेपालगन्ज, ११ भदौ । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले निर्माणका क्रममा रहेको निजामती सेवा ऐन तयार भएपछि कर्मचारीको व्यवस्थापनमा सहजता आउने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै तहको निजामती ऐन तयार भइसकेपछि कर्मचारीको समायोजन प्रक्रियासमेत अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

मुलुकमा हाल ८३ हजार निमामती कर्मचारी रहेको जानकारी गराउँदै मन्त्री बस्नेतले तीन तहमा कर्मचारीको परिचालन मस्यौदाका रुपमा तयार भएको निजामती सेवा ऐन पारित भएपछि कर्मचारीको व्यवस्थापन त्यहीअनुरुप गरिनेछ भन्नुभयो ।

प्रकाशित : ११ भाद्र २०७४, आइतबार ००:००