५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मुख्य खबर

भरतपुर महानगरपालिकामा रेणु दाहाल विजयी



चितवन, २१ साउन। भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी छन् । उपमेयरमा कांग्रेस माओवादी गठबन्धनकै कांग्रेसकी पार्वती शाह निर्वाचित भएकी छन् । मतगणना सकिए पनि विजयी भएको औपचारिक घोषणा गर्न बाँकी छ । भरतपुर महानगरपालिकामा कांग्रेस(माओवादी गठबन्धनबाट प्रचण्ड पुत्री रेणु दाहाल र उममेयरमा कांग्रेसकी पार्वर्ती शाह चुनावी मैदानमा थिए। एमालेबाट देबी ज्ञवाली मेयर र दिव्या शर्मा उपमेयरको उम्मेदवार थिए ।

अहिले कांग्रेस र माओवादी कार्यकर्ताहरु विजय जुलुस निकाल्ने तयारी गरिरहेका छन् । पहिलो चरणमा बैशाख ३१ गते भरतपुरमा निर्वाचन भएको थियो । परिणाम झण्डै तीन महिनापछि मात्र आएको छ । भरतपुर १९ नम्बर वडाको मतगणनाको क्रममा माओवादी कार्यकर्ताहरुले मतपत्र च्यातेपछि गणना स्थगित गरिएको थियो । मतपत्र च्यातिएपछि १० नम्बर वडाका सबै मत बदर गरि साउन २० गते पुनः मतदान गराएको थियो ।
मतपत्र च्यातिनुअघिसम्म एमाले उम्मेदवार देबी ज्ञवालीको अग्रता थियो ।

प्रकाशित : २१ श्रावण २०७४, शनिबार ००:००