४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

मुख्य खबर

ढुङ्गा लागेर एक मजदुर घाइते



डोल्पा(दुनै), १४ साउन । माथिबाट आएको ढुङ्गा लागेर गिट्टी कुट्दै गरेकी एक मजदुर घाइते भएकी छिन् । उनको तत्काल उद्धार गरी जिल्ला अस्पताल डोल्पामा भर्ना गरिएको छ ।
गोतामकोट गाविस ५ रुकुम घर भई ठुलीभेरी नगरपालिका ३ दुनै बजारमा मजदुरी गरेर बस्ने ३८ वर्षकी आशा वि क ठुलीभेरी नगरपालिका ३ को खुइतेगौडा भन्ने ठाउंमा गिट्टी कुट्दै गरेको बेला शनिवार भिरालो वन माथिबाट आएको ढुङ्गा लागेर सख्त घाइते भएकी छन् ।
ढुङ्गा लागेर घाइते वि क लाई तत्काल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाको सुरक्षार्थ खटिएको कालिदत्त गुल्म सुलिगाडका नेपाली सेनाले उद्धार गरी दुनै तर्फ पठाएको र सदरमुकाम दुनैबाट प्रहरी प्रशासनले जीप पठाई घाइतेलाई ल्याएर जिल्ला अस्पताल डोल्पामा उपचारार्थ भर्ना गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार रुकुम घर भएर लामो समयदेखि डोल्पाको दुनैमा मजदुरी गरेर जीवन धान्ने र छोरी पढाउने काम गरिरहेकी आशा विकको ढुङ्गा लागेर एउटा खुट्टा पुरै छिन्नीएको छ । थोरै मासुले मात्र झुन्डाएको अवस्था छ । उनी वोल्न सक्ने अवस्थामा छैनन् ।
तत्काल हेलिकोप्टरबाट उद्धार गरी रगत उपलब्ध हुने ठाउंका अस्पतालहरुमा नपुर्याए विरामीको अवस्था खतरापूर्ण रहेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । नेपालगञ्ज काठमाण्डौं लिनका लागि हेलिकोप्टरको पहल भैरहेको निमित्त प्रमुख जिल्ला अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी मानबहादुर बुढाले बताए । उनले थपे प्रयास भएको भए पनि बेलुकी साढे ५ बजेसम्म हेलिकोप्टरको कुनै निश्चित भने भैसकेको छैन ।
अविरल वर्षाका कारण डोल्पाका डांडापाखाहरुबाट आफ्सेआफ ढुङ्गाहरु झर्ने गरेका छन् । यसका साथै डोल्पाको सदरमुकाम दुनै बजार भएर बग्ने भेरी नदिमा यो वर्ष कै उच्च बाढि आएको छ । जसले गर्दा दुनै बजारका केही घरहरु डुवानमा परेका छन् भने किनारै किनार भएर गएको उत्तर दक्षीणको विभिन्न ठांउमा रहेको बाटोलाई बाढिले बगाएर हिड्न समस्या बनाएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
वर्षाका कारण जिल्लाका विभिन्न गाउंठाउंमा बाटोघाटो, घरगोठ, खेतवारीका कान्ला भिट्टा, पर्खालहरु भत्केको ओक्टबाट लालबहादुर बुढाले फोनमा बताए । बाढिले जिल्लाका विभिन्न ठाउंमा के कति क्षति गर्यो कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

प्रकाशित : १४ श्रावण २०७४, शनिबार ००:००