९ बैशाख २०८१, आइतबार । April 21, 2024

खेलकुद

नेपाललाई १९१ रनको लक्ष्य



काठमाडौँ, ५ साउन । सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाललाई जितका लागि अफगानिस्तानले १९१ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९.४ ओभरमा सवै विकेट गुमाउँदै १९० रन बनायो । अफगानिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान इव्राहिम जर्दानले ४३ रन बनाए । उनले ४१ बलको सामना गर्दै एक छक्का र पाँच चौका हाने । नविद ओवाइदले ३३, तारिक स्टाक्निजाईले २७, नविन उल हकले २० र इमरान मोहम्मदीले १८ रन बनाए ।

बलिङतर्फ नेपालका लागि शाहव आलमले तीन विकेट लिए । उनले १० ओभर बलिङ गरी ४६ रन खर्चे । सन्दिप लामिछाने र पवन सर्राफले दुई÷दुई विकेट लिए । सर्राफले सात ओभरमा दुई मेडन राखि १९ रन तथा सन्दिपले ९.४ ओभर बलिङ गर्दै दुई मेडन राखि ३० रन दिए ।

नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ ।

प्रकाशित : ५ श्रावण २०७४, बिहिबार ००:००