२४ बैशाख २०८१, सोमबार । May 7, 2024

छापा खबर

पाँचथर अस्पतालमा पचास सैया थपिदै



 

 

 

झापा । पाँचथर जिल्ला अस्पतालका लागि पचास सैयाको बेड भएको भवन थप्न सरकारले बोलपत्र आव्हान गरेको छ ।
शहरी विकास मंत्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभिग, ईलाम शाखाले आव्हान गरेको बोलपत्र अनुसार भवन बनाउनका लागि अनुमानित कम्तिमा ३६ करोड १० लाख लागत लाग्ने छ । तीन वर्ष मा सम्पन्न गरे राम्रो तर दश वर्ष सम्म अवधि भएको उल्लेख गरेको छ । नेपाली कांग्रेसका महासमिति सदस्य कृष्णकुमारी खतिवडाका अनुसार सरकारलाई ४५ करोड बजेट माग गरिएकोमा हाल ३० करोड परेको बताईन् । अपुग भएमा थप बजेट उपलब्ध हुने विश्वास ब्यक्त गरिन् । उनले पाँचथर अस्पताललाई बजेट दिलाउन कांग्रेस नेता दिलेन्द्रप्रसाद बडु, तत्कालिन राष्ट्रिय योजना आयोगका अध्यक्ष गोविन्द पोखरेल लगायतको सहयोग रहेको पनि बताईन् । हाल पाँच जना मेडिकल डाक्टरले सेवा दिईरहेको पाँचथर जिल्ला अस्पताल एक नंबर प्रदेशको पहाडी जिल्लामा सवैभन्दा धेरै स्वास्थ्य सेवा दिने अस्पताल हो । अहिलेपनि यहा पैतिस सैया बेड सञ्चालनमा रहेकामा थप पचास पछि पचासी सैया बेड भएको अस्पताल हुने छ ।
पाँचथर जिल्ला अस्पतालको संगै शहरी विकास तथा भवन निर्माण विभागको कार्यालय ईलामले झापामा पनि स्वास्थ्य चौकीको भवन बनाउने बोलपत्र आव्हान गरेको छ । पाँचथर जिल्ला अस्पताल को जस्तै ढाँचामा आव्हान गरेको बोलपत्र अनुसार झापाको बनियानीमा अनुमानित १३ करोड ६ लाख रुपैयाँमा भवन वनाउने उल्लेख छ ।

 

 

प्रकाशित : ४ श्रावण २०७४, बुधबार ००:००