२४ बैशाख २०८१, सोमबार । May 7, 2024

छापा खबर

विरुवा काटेकोमा विरोध गर्दै वृक्षारोपण



मोरङ । झापाको दमकमा रहेको किरात धर्मावलम्वीहरुको आस्थाको केन्द्र साकेला थान परिसरमा अज्ञात समुहले क्षती पुराएको विरुद्ध किरात राई यायोक्खा उर्लावारी मोरङले विज्ञप्ती लेखेर विरोध जनाएको छ ।

यायोक्खा उर्लावारी नगर प्रारम्भिक समितिका अध्यक्ष केशरमान राई र सचिव नारायण चाम्लिङले हस्ताक्षर गरेको विज्ञप्तीमा प्रकृती पुजक किरातीको आस्थाको केन्द्र दमक झापामा रहेको साकेला थान परिसरमा रोपिएको विरुवा क्षती गरेको प्रति विरोध जनाएको बतएको छ । त्यसैगरी पुजामा प्रयोग हुने सामग्रीहरुको समेत तोडफोड भएको प्रति विरोध जनाएको छ । घटनाको रुप सानो देखिएपनि यसखाले घटनालाई निस्तेज नगरे घटनाले नकारात्मक असर अरु ठाउँमा पर्न सक्ने भन्दौ संलग्नलाई छिटो भन्दा छिटो पत्ता लगाई कार्वाही गर्न पनि प्रहरी प्रशासनलाई आग्रह गरेको छ

 

यसै विषयमा अनुसन्धान भैरहेको ईलाका प्रहरी दमकले जनाएको यायोक्खा दमक नगर समितिका उपाध्यक्ष धनजित राईले जनाएका छन् । उनका अनुसार क्षती गर्ने कार्य चुनाबको आसपासमा भएको अनुमान गरेकोछ । राईले यस्तो कार्य किरात धर्म संस्कृतिमा मात्र आक्रमण नभएर प्रकृतिलाई समेत आक्रमण हो भनेका छन् ।
यसैविच उर्लावारी नगरमा रहेको साकेला थानमा परिसरमा विभिन्न ३० जातका रुखका विरुवा रोपण कार्य सम्पन्न भएको छ । संस्थाका सदस्य प्रभु दिलुङछाका अनुसार एक सयको संख्यामा विरुवारोपण कार्य सम्पन्न भएको हो ।

प्रकाशित : १ श्रावण २०७४, आइतबार ००:००