२५ बैशाख २०८१, मंगलबार । May 7, 2024

मुख्य खबर

साउन २५ सम्म नगरसभा गर्ने तयारी



काठमाडाँै, २७ असार । दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको नगर÷गाउँसभा आगामी साउनको अन्तिम साता गर्न निर्देशन दिने तयारी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको छ ।

दोस्रो चरणमा भएका ३३४ भएका स्थानीय तहको नगर÷गाउँ सभा साउन २५ गतेसम्म गर्ने गरी निर्देशन दिने तयारी गरिएको मन्त्रालयका उपसचिव विजयराज सुवेदीले जानकारी गराउनुभयो । मन्त्रालयले पहिलो चरणको निर्वाचन भएका २८६ स्थानीय तहको यही असार २५ गतेदेखि ३० सम्म निर्देशन दिएको छ । ‘‘दोस्रो चरणमा निर्वाचन भएका स्थानीय तहले अझै पूर्णता पाउन सकेका छैनन्’’ उपसचिव सुवेदीले भन्नुभयो, ‘‘केही दिनभित्र कार्यपालिकाले पूर्णता पाउने छ । अनि हामी नगर÷गाउँसभाको तयारीमा जुट्न निर्देशन दिन्छौँ ।’’

ती स्थानीय तहका नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई नगर÷गाउँसभा अगाडि अभिमुखीकरण तालीम दिने तयारीमा मन्त्रालय रहेको उहाँले जानकारी गराउनुभयो । मन्त्रालयले सञ्चालन गर्ने उक्त अभिमुखीकरण तालीममा यस पटकदेखि कार्यकारी अधिकृतलाई समेत सहभागिता गराइने छ ।

प्रकाशित : २७ असार २०७४, मंगलबार ००:००