६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

मुख्य खबर

निर्वाचन प्रमुखले सूचना लुकाए



पाँचथर । पाँचथरको याङवरक गाउँ पालिकामा निर्वाचन प्रमुख भएर गएका कमलबहादुर राजलवटले सूचना लुकाएर सूचनाको हकको खिल्ली उडाएका छन ।
राजलवटले पत्रकारले निर्वाचन सम्बन्धि सूचना माग्दा दिन मिल्दैन भन्दै उनी तर्किएका थिए । सूचना दिन नमिल्ने बताएपछि सो निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत डम्बर आङदेम्बेको फोन नम्बर माग्दा समेत राजलवटले अरु ब्यक्तिको फोन दिन मिल्दैन भन्दै उनी जंगिएका थिए ।
सो बिषयमा पाँचथरको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी टिकेन्द्र्रजंग राणा नागरिकले मागेको सूचना दिनु कुनै पनि सरकारी अधिकारीको कर्तव्य भएको बताए ।
पत्रकारले मागेको सूचना नदिएको बिषयमा पत्रकारमहासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगानाले हरेक नागरिकलाई सूचना पाउने अधिकार राज्यले ब्यबस्था गरेको उल्लेख गर्दै त्यसमा पनि पत्रकारले मागेको सूचना दिनलाई आनाकानी गर्न नहुने र सूचना पाउनलाई कानूनी बाटो लिन बाध्य नपार्न सम्बन्धित पक्षलाई आग्रह समेत गरे ।

 

 

प्रकाशित : २६ असार २०७४, सोमबार ००:००