१० बैशाख २०८१, सोमबार । April 22, 2024

अर्थ

मुद्दा फछ्र्याेट १०० प्रतिशत पु¥याइने



काठमाडौँ, २२ असार । सर्वोच्च अदालतका नवनियुक्त मुख्य रजिस्ट्रार नहकुल सुवेदीले आज पदभार ग्रहण

गर्दै न्यायलाई सरल र सहज बनाउन व्यवस्थापन सुधार गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

न्याय सेवा आयोगको यही असार ११ गतेको बैठकले सुवेदीलाई मुख्य रजिस्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेकामा मन्त्रिपरिषद्को आजको बैठकले उहाँलाई मुख्य रजिस्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो । उहाँले अदालतको पाँचवर्षीय रणनीतिक योजनानुसार मुद्दा फछ्र्याेट १०० प्रतिशत पु¥याइने, न्यायलाई छिटो र सहज बनाइने, न्यायमा नागरिकको पहुँच बढाइने, अदालतप्रति नागरिकको विश्वास बढाइनेलगायत सुधार गर्नेमा आफू लागिपर्ने बताउनुभयो ।

सर्वोच्च अदालत ऐनले मुख्य रजिस्ट्रारको व्यवस्था गरेपछि न्यायपालिकामा मुख्य सचिवसरहको पदको व्यवस्था गरिएको हो । सो व्यवस्थानुसार मुख्य रजिस्ट्रार हुने पहिलो व्यक्ति सुवेदी नै बन्नुभएको छ ।

प्रकाशित : २२ असार २०७४, बिहिबार ००:००