९ बैशाख २०८१, आइतबार । April 22, 2024

मुख्य खबर

‘मानो रोपेर मुरी होइन, अब टनका टन उत्पादन गर्नुपर्छ’



रत्ननगर (चितवन), १५ असार । चितवनको सौराहामा आज भएको १४ औँ धान दिवस तथा रोपाइ महोत्सवका सहभागीले मानो रोपेर मुरी होइन, अब टनका टन उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला कृषि विकास कर्याालय चितवन, रत्ननगर नगरपालिका, क्षेत्रीय होटल सङ्घ, क्षेत्रीय रेवान तथा साना किसान कृषि सहकारीको मुख्य आयोजनामा भएको सो महोत्सवमा उनीहरुले सिँचाइको पर्याप्तता र यान्त्रीकरण भएमा नेपालमा रहेका खेती योग्य जमिनले नै यहाँ अपुग धान उत्पादन गर्न सकन्छ भन्नुभयो ।

सो अवसरमा कृषि मन्त्रालयका सहसचिव अच्यूत ढकालले सन् २००४ बाट सुरु भएको धान दिवसले धानखेतीको महत्व प्रष्ट्याउनमा ठूलो सहयोग गरेको बताउनुभयो ।

धानका लागि विशिष्टिकृत क्षेत्र निर्माण गरी सरकार अघि बढेको बताउँदै उहाँले भन्नुभयो, “अब मानो रोपेर मुरी होइन, टनका टन उत्पादन गर्नेतर्फ लाग्नुपर्छ ।”

पर्यटन व्यवसायी सुमन घिमिरे पर्यटन र कृषिलाई सँगसँगै लैजानुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

रोपाई महोत्सवमा हिलो छ्यापाछ्याप गरेर दही चिउरा खाई असार १५ मा स्थानियहरु रमाएका थिए । बेठी झैं बाजा घन्किएको थियो । किसानसँगै आएका अतिथिहरुले पनि धान रोपे, गोरु साय, अनि हिलो खेलेर रमाए । अनि दौड प्रतियोगितामा रमाए । दौडमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट नै प्रथम हुनुभयो ।

जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधिर श्रेष्ठले धानका लागि चितवन नेपालकै उर्वर भूमि भएको बताउँदै चितवनमा कठार, कुमरोज र खैरहनीको ६०० विगाहा क्षेत्रलाई समेटेर धान व्लक निर्माण गरी खेती भइरहेको जानकारी दिनुभयो ।

एक लाख २० हजार मेट्रिकटन धान उत्पादन हुने चितवनमा ८० हजार मेट्रिकटन मात्रै धान खपत हुने कृषि विकास कार्यालयको तथ्यङ्कमा उल्लेख छ ।
महोत्सवमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टसहित सरकारी अधिकारी, किसान र पर्यटन व्यवसायीको सहभागिता थियो ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००