९ बैशाख २०८१, आइतबार । April 22, 2024

मुख्य खबर

शून्य मतदान



सोलुखुम्बु, १४ असार । जिल्लाको नेचासल्यान गाउँपालिका–६ तिङ्लामा आज शून्य मतदान भएको छ ।

स्थानीय तह पुनःसरचना आफ्नो अनुकूल नभएको भन्दै उनीहरुले विरोध स्वरुप मतदान गरेका छैनन् ।

नेचासल्यान–६ तिङ्लाका पाँचवटै मतदान केन्द्रमा खटिएका कर्मचारीले विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतपेटिका राखेर मतदान प्रक्रिया अगाडी बढाए पनि सो समयभित्र मतदानका लागि केन्द्रमा कोही पनि नआएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिनुभयो ।

नेचासल्यान गाउँपालिका–६ तिङ्लामा दुई हजार ४७६ मतदाता रहेका छन् । सो वडामा कसैले पनि उम्मेदवारी दिनुभएको छैन् । सोलु दूधकुण्ड नगरपालिकाको सट्टा नेचासल्यान गाउँपालिकामा तिङ्लालाई समावेश गरेपछि स्थानीयले यसको विरोध गर्दै आएको सङ्घर्ष समितिका अध्यक्ष बालकुमार कार्कीले जानकारी दिनुभयो ।

स्थानीय सरोज बस्नेतले भोट दिन नपाउँदा नरामाइलो लागे पनि त्यो आफूहरुको बाध्यता भएको बताउनुभयो ।

प्रकाशित : १४ असार २०७४, बुधबार ००:००