१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

असहमति र त्रुटिलाई संंशोधन र परिमार्जन गर्दै जाने



इटहरी, १४ असार । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले स्थानीय तह निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपर्ने बताउनुभएको छ ।

उपप्रधानमन्त्री गच्छदारले आज अपराह्न सुनसरीको दुहबी नगरपालिका – २ तुताहास्थित नवीन शिक्षा निकेत आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै विश्वका हरेक मुलुकमा शतप्रतिशत जनमत संविधानका पक्षमा उभिएको इतिहास नभएको स्मरण गराउनुभयो ।
उहाँले तेस्रो चरणको चुनावमा पनि राजपालगायत सबैको उत्साहजनक सहभागिता हुने विश्वास व्यक्त गर्दै केही असहमति र त्रुटिलाई विस्तारै संंशोधन र परिमार्जन गर्दै जान सकिने स्पष्ट गर्नुभयो ।

प्रकाशित : १४ असार २०७४, बुधबार ००:००