९ बैशाख २०८१, आइतबार । April 22, 2024

मुख्य खबर

इन्द्रेश्वर मन्दिरको पुनःनिर्माण नहुँदा समस्या



काभ्रे, १४ असार । जिल्लाको पनौतीस्थित प्राचीन प्रसिद्ध इन्द्रेश्वर मन्दिर पुनःनिर्माण हुन सकेको छैन ।

मन्दिरको बाहिर राम्रै देखिए पनि भित्री भागमा मुसाले खनेर प्वालै प्वाल बनाएकाले समस्या देखिएको र मन्दिरको तीनवटा ढोका पनि जीर्ण अवस्थामा रहेको पुजारी रमेशप्रसाद जङ्गमले बताउनुभयो ।

मन्दिर पुनःनिर्माणका लागि वर्षैंपिच्छे नगरपालिकालगायत पुरातत्व विभागलाई जानकारी गराउँदा पनि बेवास्ता गरेको जङ्गमले जानकारी दिनुभयो ।

सो मन्दिरकै कारण पनौतीको इतिहास समेटिएकाले यसको पुनःनिर्माण हुनुपर्ने स्थानीय समाजसेवी महेशकुमार खिंबन्जारले बताउनुभयो । ।

ऐेतिहासिक र कलाको हिसाबले पनि महत्वपूर्ण मानिएको इन्द्रेश्वर मन्दिरको स्थापना बाह्रौ सताब्दीमा भएको किंबदन्ती छ । मन्दिर पुनःनिर्माणका लागि नगरपालिका सकारात्मक रहेको र केही समयअघि मात्र आफूहरुले उक्त मन्दिरको अवलोकन गरको पनौती नगरपालिकाका प्रमुख भीमप्रसाद न्यौपानेले बताउनुभयो । आफ्नो कार्यकालभित्र उक्त मन्दिरको पुनःनिर्माण गरिसक्ने प्रतिबद्धतासमेत उहाँले जनाउनुभएको छ ।

विसं २०४५ मा फ्रान्स सरकारको दश वर्षे परियोजनाअन्तर्गत मन्दिर पुनःनिर्माण शुरु गरेपनि पूरा नभएकाले २०७२ बैशाखको महाभूकम्पले मन्दिरको भित्री भागमा क्षति पु¥याएको देखिन्छ ।

प्रकाशित : १४ असार २०७४, बुधबार ००:००