८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता असार २४ देखि



काठमाडौँ, १३ असार । नेपाल खेलकुद महासङ्घ तथा राष्ट्रिय ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा ‘छैटौँ पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप–२०७४’ यही असार २४ गतेदेखि हुने भएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा हुने उक्त प्रतियोगितामा पुरुष एकल, पुरुष जोडी, महिला एकल, महिला जोडी, यु–१५ छात्र र छात्रा एकल, यु–१७ छात्र र छात्रा एकल तथा ४५ वर्ष माथिको भेट्रान्स जोडी गरी नौ विधामा प्रतिस्पर्धा हुने राष्ट्रिय ब्याडमिन्टन सङ्का अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले पाँचौँ संस्करणसम्म ¥याकिङ खेलाडीलाई मात्र समावेश गराएर प्रतियोगिता सञ्चालन गर्दै आइरहेकामा अन्य खेलाडीको गुनासोलाई मध्यनजर गर्दै यस संस्करणदेखि खुला प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । उक्त प्रतियोगिता छैटौँ संस्करणको हो ।

पुरुष र महिला एकलमा प्रथम हुनेलाई रु ५० हजार र ट्रफी, दोस्रोलाई २५ हजार र ट्रफी तथा तेस्रो स्थान हासिल गर्नेलाई रु १० हजार र ट्रफी प्रदान गरिनेछ । त्यस्तै, अन्य विधाका पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु १० हजार, सात हजार र चार हजारका साथै ट्रफी प्राप्त गर्नेछन् भने भेट्रान्स जोडीलाई ट्रफीका साथै खेल सामग्री प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिता असार २७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित : १३ असार २०७४, मंगलबार ००:००