११ बैशाख २०८१, मंगलबार । April 23, 2024

मुख्य खबर

लायन्स क्लबमा अधिकारी निर्वाचित



काठमाडौँ, १३ असार । लायन्स क्लब इन्टरनेसनल डिस्टिक ३२५–एटू नेपाल, लायन्स क्लब अफ काठमाडौँ होराइजनको अध्यक्षमा गन्तव्य नेपालका अध्यक्ष, लायन शिव अधिकारी पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । राजधानीमा सम्पन्न क्लबको पन्ध्रौँ कार्यसमिति निर्वाचनले उहाँको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका सल्लाहकार लायन मनोजकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष लायन बलराम न्यौपाने, सचिवमा पर्यटन व्यवसायी लायन टीका भण्डारी, कोषाध्यक्षमा लायन हरिशरण थपलिया र मेम्बरसिप कमिटी चेयरम्यान रामकुमार थपलिया निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यस्तै, सोही निर्वाचनले क्लबको विभिन्न समिति र उसमितिको संयोजक पनि चयन गरेको छ ।

अध्यक्ष अधिकारीले लायन्सको मर्म र भावनाअनुसार सामाजिक काममा आफ्नो टोली अहोरात्र लाग्ने बताउनुभयो ।

प्रकाशित : १३ असार २०७४, मंगलबार ००:००