१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मनोरञ्जन

गायक धौभडेलको एल्बम “अन्लीयू” लोकार्पन



११ : काठमाण्डौ, लामो समय र संर्घष पछि भक्तपुरका गायक रोशन धौभडेलको पहिलो एकल गीति संंग्रह “अन्लीयू”एक कार्यक्रम मार्फत सार्वजनिक भएको छ ।

८वटा गीत रहेको उक्त गीति संग्रहको वरिष्ठ गायक दीप श्रेष्ठ,वरिष्ठ संगीतकार दिपक जंंगम, र वरिष्ठ गीतकार तथा गायक दिपक खरेलले शनिबार एक कार्यक्रमबीच विमोचन गर्नु भयो ।एल्बम विमोचनमा वरिष्ठ गायक दिप श्रेष्ठले रोशन धौभडेलको गायन पक्ष साधारण भए पनि यसलाई निरन्तरता दिए अहिलेको समयमा बाँच्न सकिने प्रतिक्रिया दिनुभयो । गायनसंँगै संगीतमा दक्ष देखिएका रोशनले आफ्नो स्वरलाई साँध्दै लगे उत्कृष्ट हुन कसैले रोक्न नसक्ने उहाँको भनाई थियो । उक्त एल्बममा भएका ८वटा गीतमध्ये सातवटामा रोशन धौभडेल आफैले संगीत दिएको छ । बाँकी एउटामा रोशनले सुनिल मोक्तान सँगको सहकार्य गरेर संगीत गर्नु भएको छ । पहिलो एल्बममै धौभडेल परिपक्क देखिन्छ । वरिष्ठ संगीतकार दिपक जंगमले भन्नुभयो । हामीले नयाँ प्रतिभालाई प्रोत्साहन गर्नुपर्छ ।जसले ससानाकमीकमजोरी पछि सुधार हुँदै जान्छन् ।गायकआफैले केहि गर्न नसक्ने भएकोले अवसर र प्रोत्साहन पाए रोशनको गायनपक्षको भविष्य उज्ज्वल रहेको भनाई थियो । त्यसैगरी वरिष्ठ गीतकार एवं दिपक खरेलले रोशनको स्वर “बहुआयमिक” रहेको प्रतिक्रिया दिनुभयो । उहाँले रोशनको आफ्नै मिठासपूर्ण स्वर भएकोले जुनसुकै गीत गाउँने क्षमता राख्ने दावी गर्नुभयो । रोशन धौभडेल नेपाली साँगीतिक बगैचामा एउटा नयाँ फूल थपिएको उहाँको भनाई थियो । रोशनको स्वर अनुसार एल्बममा रक, पप, सुगम सबै गीत छन् । उहाँले भन्नुभयो, उनले संगीतमापनि सम्झौता गरेका छैनन् ।त्यसैले रोशन नेपाली सांगीतिक बगैचामा नयाँ रुप र रंगको फूलहुन सक्छन् । एलबमका गीतकार एवंम वरिष्ठ साहित्यकार ध्रुवमधिकर्मीले गीत र संगीतका क्षेत्रमा भक्तपुरमा प्रतिभावन व्यक्तित्वहरु भएपनि प्रचारमा आउन नसकेको गुनासो गर्नुभयो । कार्यक्रममा गायक रोशनले आफू भारतीय वरिष्ठ गायक किशोर कुमारको स्वरबाट धेरै प्रेरित भएको जानकारी दिंदै १४ वर्षदेखि सांगीतिक क्षेत्रमा लागेको बताए । १४ वर्षको बीचमा करिब तीनवर्षको अथक प्रयासले गर्दा बल्ल एल्बम निकाल्न सफल भएको बताए ।उक्तएल्बममा वरिष्ठ साहित्यकार मधिकर्मीसँगै भक्तपुर तलेजुका मुलनाइके नरेन्द्र प्रसाद जोशी, मगनबाबु श्रेष्ठ र गायक रोशन स्वयमको गीत रहेको छ । गीति संग्रहमा रहेका गीतहरुको एरेन्ज क्रमश, विवेक शाक्य, बासुदेव श्रेष्ठ, जीवतिजल्मी, हेम लामा, राजेश हाडा लगायत रहेको छ । कार्यक्रममा मनका धनी गायक धौभडेलले प्रति सि.डी, एकसय ४९ रुपैया राखिएको एल्बमको बिक्री रकमभक्तपुर न.पा ७, स्थित सिद्धि शालिग्राम वृद्धा आश्रमलाई सहयोग गर्ने जानकारी गराए । कार्यक्रममा गायक रोशनले एल्बमका एक गीत समेत गाए । उक्त एल्बम लिब्जु फिल्मस ्प्रा.लि ले बजारमा ल्याएको हो ।

प्रकाशित : १२ असार २०७४, सोमबार ००:००