१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

मरेका अठारवटा बाख्री नियन्त्रणमा, व्यवसायी पक्राउ



काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यकामा मरेका १८ वटा बाख्री भित्र्याउँदै गरेको अवस्थामा थानकोट चेकपोष्टस्थित पशुपछी विकास मन्त्रालयको क्वारेन्टाइनका कर्मचारीले नियन्त्रण गरेका छन् ।

मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ५ ख २७७० नंको यात्रुवाहक बसमा व्यवसायी रामबाबु ठाकुरले चारवटा जिउँदो बाख्री तथा १८ वटा मरेका बाख्री ल्याएको पाइएको छ ।

पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले काठमाडौँ उपत्यकामा मासु आपूर्ति गर्ने उद्देश्यले ल्याइएका ती बाख्री क्वारेन्टाइनका कर्मचारीले जाँच गर्दा भेटिएपछि बसलाई नियन्त्रणमा लिएर व्यवसायी ठाकुरलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

पशु स्वास्थ्य तथा पशुसेवा ऐन– २०५५ ले निर्दिष्ट गरेअनुसार कारबाहीका लागि सिफारिस गरिनेछ । अभियुक्तलाई सजाय सावित भएमा रु पाँच हजार जरिवाना गर्न सकिनेछ ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००