९ बैशाख २०८१, आइतबार । April 21, 2024

मुख्य खबर

उडान भर्नका लागि गृहकार्य



काठमाडौँ, ११ असार । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अस्ट्रेलिया र कम्बोडियामा पनि उडान भर्नका लागि गृहकार्य गरिरहेको छ ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार मन्त्रालयले ती देशमा सिधैँ उडान भर्ने विषयमा समझदारी गर्नका लागि दुवै मुलुकका प्रतिनिधिसँग छलफल गरिरहेको छ ।

नेपालले विभिन्न ३८ मुलुकसँग हवाई सम्झौता गरेको छ । अन्तर्राष्ट्रिय उडान भर्नका लागि विगतमा सञ्चालन भएका नेपालको ठूला क्षमता भएका विमान बिग्रिने, समयमा मर्मत नहुनेलगायत समस्याका कारण सम्झौता भएका मुलुकमा उडानलाई निरन्तरता दिन नसकिएको हो । कुनै बेला युरोपका केही मुलुकसम्म उडान भरेको नेपाली वायुसेवा निगमसँग अहिले न्यून सङ्ख्यामा अन्तर्राष्ट्रिय एयर बस रहेका कारण उडानमा कमी आएको हो ।

नेपालबाट क्रमशः भारत, संयुक्त अरब इमिरेटस्, कतार, मलेसिया, हङ्कङ र थाइल्यान्डमा अहिले नियमित उडान हुने गरेको छ । सहसचिव लामिछानेका अनुसार चिनियाँ जहाज ल्याइएको भए पनि दक्ष जनशक्ति व्यवस्थापन हुन नसक्दा नियमित रुपमा सञ्चालन गर्नसक्ने अवस्था छैन ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००