८ बैशाख २०८१, शनिबार । April 21, 2024

मुख्य खबर

उद्योग वाणिज्य सङ्घमा थापा निर्वाचित



बँेसीसहर (लमजुङ), ११ असार । लमजुङ उद्योग वाणिज्य सङ्घको अधिवेशनबाट राजेश थापा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

शनिबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी पूर्णलाल श्रेष्ठलाई ८५ मतले पराजित गर्दै थापा अध्यक्षमा विजयी हुनुभएको हो । विजयी थापाले ८१९ मत तथा प्रतिद्वन्द्वी श्रेष्ठले ७३४ मत प्राप्त गर्नुभयो ।

सङ्घको प्रथम उपाध्यक्षमा ७६८ मतका ल्याई रामबाबु श्रेष्ठ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी मृगेन्द्र घिमिरेले ७५२ मत प्राप्त गर्नुभयो । द्धित्तीय उपाध्यक्षमा ७४२ मत ल्याई गुणराज सिलवाल विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी विकास श्रेष्ठले ७३१ मत प्राप्त गर्नुभयो । तृतीय उपाध्यक्षमा अशोक अधिकारी ८४१ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी श्रीकृष्ण घिमिरेले १८२ मत प्राप्त गर्नुभयो ।

कार्यसमिति सदस्यमा ईश्वर श्रेष्ठ, कृष्णजङ गुरुङ, सञ्जीव पौडेल तथा महिला सदस्यमा धनु पिया र पार्वती श्रेष्ठ निर्वाचित हुनुभयो । निर्वाचनमा एक हजार ५८९ जनाले मतदान गरेका थिए ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००