१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

मङ्सिर १५ गतेभित्र एकै चरणमा प्रदेश र संसद्को निर्वाचन हुनुपर्ने माग



विराटनगर, ११ असार । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले स्थानीय निर्वाचनपछि संविधान संशोधन गर्ने विषयमा दलहरुबीच सहमति नभएको बताउनुभएको छ ।

यहाँ आज सञ्चारकर्मीसँगको भेटमा उहाँले आगामी असोज २ गतेको स्थानीय निर्वाचन पछाडि नेपाली काँग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र) र राजपाबीच संविधान संशोधनका विषयमा छलफल गरिने स्पष्ट पार्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले लोकतन्त्रमा जनता नै सर्वोपरि भएको बताउँदै राजपाले लनिर्वाचनमा जान विभिन्न सर्त राख्नु गलत भएको धारणा व्यक्त गर्नुभयो । उहाँले राजपाका एक–दुई नेताको ढिपीका कारण स्थानीय निर्वाचनमा दलीय रुपमा सहभागी नभएको आरोप लगाउनुभयो । उहाँले आगामी मङ्सिर १५ गतेभित्र एकै चरणमा प्रदेश र संसद्को निर्वाचन गराउन निर्वाचन आयोग लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००