९ बैशाख २०८१, आइतबार । April 21, 2024

मुख्य खबर

नमोबुद्ध नपाका जनप्रतिनिधिलाई सुझाव



धुलिखेल, १० असार । नमोबुद्ध नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई ल्याण्ड पुलिङ्का माध्यमबाट बस्ती विकास, फोहरमैला व्यवस्थापन, यातायात गुरुयोजनाको तर्जुमा र सडक सञ्जालको व्यवस्थित विकासमा ध्यान पु¥याउन विज्ञहरुले सुझाव दिएका छन् ।

नगरको योजनाबद्ध विकासका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित अन्तक्र्रियाका सहभागीले नगरपालिकाको व्यवस्थित विकासका लागि प्राथमिकता छनोट गरी तत्कालीन र दीर्घकालीन योजना बनाएर काम गर्न सुझाव दिए ।

नगरपालिकाले नमोबुद्धलगायत धार्मिकस्थलको विकास एवम् प्रवद्र्धन, उपलब्ध साधन, स्रोत र जनशक्तिको अधिकतम परिचालन, पूर्ण साक्षरता कार्यक्रम, भू–उपयोग कार्यक्रम, औद्योगिक क्षेत्र स्थापना र नदीनालाको संरक्षणलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर योजना एवम् कार्यक्रम अघि बढाउन पनि सो अवसरमा सुझाव दिइएको थियो ।

नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्माले नमोबुद्ध नगरपालिकालाई नमुना नगर बनाउने सन्दर्भमा विज्ञहरुबाट सुझाव प्राप्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रकाशित : १० असार २०७४, शनिबार ००:००