७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

मुख्य खबर

संविधानको कार्यान्वयन काँग्रेसको नेतृत्वमा मात्रै सम्भव : प्रम देउवा



डोटी, १० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन नेपाली काँग्रेसको नेतृत्वमा मात्रै सम्भव भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस डोटीले आज जोरायल गाउँपालिका–२ बुडरमा आयोजना गरेकोे चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अहिलेसम्मका परिवर्तन तथा संविधानको निर्माण र जारी गर्दाको नेतृत्व कांग्रेसले गरेको स्मरण गराउँदै संविधानको कार्यान्वयनको जिम्मा पनि कांग्रेसकै काँधमा रहेको बताउनुभयो । स्थानीय तह निर्वाचन संविधान कार्यान्वयनको पहिलो खुड्किलो रहेकाले यसमा मतदान गरेर काँग्रेसलाई जिताउन उहाँले आग्रह गर्नुभयो ।

काँग्रेसले जिते जनताका सबै समस्या समाधान हुने प्रधानमन्त्री देउवाको भनाइ थियो । सो चुनावी सभालाई काँग्रेसका केन्द्रीय सदस्यद्वय डा प्रकाशशरण महत र प्रदीप पौडेल तथा डा आरजु राणा देउवाले समेत सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री देउवा कञ्चनपुरका कार्यक्रम सकेर आज अपराह्न डोटीको बुडर पग्नुभएको हो ।

प्रकाशित : १० असार २०७४, शनिबार ००:००