१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

इन्द्र अन्नपूर्ण योग केन्द्रद्वारा नगरप्रमुखलाई सम्मान



काठमाडौँ, १० असार । इन्द्र अन्नपूर्ण योग केन्द्रले आफ्नो दोस्रो वार्षिकोत्सवमा विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।

नैकापस्थित केन्द्र परिसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख लीसा नकर्मी, पदाधिकारीलगायत विभिन्न योग केन्द्रका योगीलाई सम्मान गर्नुभएको हो ।

केन्द्रका अध्यक्ष तथा वरिष्ठ दन्त तथा अनुहार शल्य चिकित्सक डा सुवास घिमिरेले स्वस्थ जीवनका लागि योगाभ्यास जरुरी भएको बताउनुभयो ।

अध्यक्ष घिमिरेले असन्तुलित खाना, योग नगर्ने बानीका कारण आवश्यकताभन्दा बढी तौल र त्यसले पार्ने असरबारे सचेत हुन आग्रह गर्दै खानपानबाट स्वास्थ्यमा पर्ने सकारात्मक र नकारात्मक प्रभावबारे चर्चा गर्नुभयो ।

प्रकाशित : १० असार २०७४, शनिबार ००:००